निर्मला हत्या प्रकरण : छानबिन समितिको प्रतिवेदनमा के छ पढ्नुहाेस् ? (पूर्णपाठ)

काठमाडाैं,२२ असाेज । गृह मन्त्रालयले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणको प्रतिवेदन सार्वजनिक गरेको छ । आइतबार मन्त्रालयले छानबिन समितिले तयार पारेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

कञ्चनपुरको भिमदत्त नगरपालिका-२ का यज्ञराज पन्त र दुर्गादेवी पन्तकी १३ वर्षीया छोरी निर्मलाको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको छानबिन र तथ्य सार्वजनिक गर्न चौतर्फी दबाब बढेपछि सरकारले भदौ ७ गते गृहमन्त्रालयका सह-सचिव हरिप्रसाद मैनालीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

१५ दिनको समय पाएको समितिले गृहमन्त्री रामबहादुर थापा बादल समक्ष असोज ९ गते प्रतिवेदन बुझाएको थियो । गृहमन्त्रीलाई प्रतिवेदन बुझाएको ११ दिनपछि गृहमन्त्रालयले वेवसाइतमार्फत् प्रतिवेदनको पूर्णपाठ सार्वजनिक गरेको हो ।

स्थानीय सरस्वती मावि कक्षा ९ मा अध्ययनरत निर्मला साउन १० गते ११ बजे सोही नगरपालिका १८ भगतपुर निम्बुखेडास्थित साथी रोशनी बमको घरमा होमवर्क गर्न साइकल चढेर गएकी थिइन्। उनको शव ११ गते बिहान ९ बजे नजिकैको उखुबारीमा भेटिएको थियो।

के छ प्रतिवेदनमा ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here