धानबालीमा रोगको प्रकोप

दाङ,१९ भदौं– एक महिना पहिले रोपेको धानमा विभिन्न रोगको प्रकोप देखिन थालेपछि दाङका किसान यतिबेला चिन्तित बनेका छन् ।  रोपेर गोड्ने समयमा धानमा पातमरुवा, गवारो, खैरारोग, बलाष्टलगायतका रोग देखिन थालेपछि किसान चिन्तित बनेका हुन् ।
यस वर्ष अनुकूल मौसम परेकाले समयमै धान रोप्न पाएपछि किसान हर्षित बनेका थिए ।  उत्पादन बढ्नेमा ढुक्क बनेका किसान एकाएक रोगको प्रकोप देखिन थालेपछि अहिले चिन्तित बनेका छन् ।
उता तेह्थुममा भने यस वर्ष गत वर्षको तुलनामा अदुवा उत्पादनमा वृद्धि भएको छ। यस वर्ष जिल्लामा २६० हेक्टर जमिनमा गरिएको अदुवाखेतीबाट तीन हजार ९५२ मेट्रिक टन अदुवा उत्पादन भएको थियो ।
यस वर्ष गत वर्षभन्दा ६६६ मेट्रिक टन बढी अदुवा उत्पादन भएको हो । गत वर्ष तीन हजार २८६ मेट्रिक टन उत्पादन भएको थियो ।
परम्परागत रुपमा घरायसी प्रयोजनका लागि मात्र प्रयोग हँुदै आएको अदुवा पछिल्लो समय कृषक व्यावसायिक बन्न थालेपछि उत्पादनमा वृद्धि भएको जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत रोहिणीराज घिमिरेले बताउनुभयो ।
मूल्यमा आएको गिरावटका कारण किसानले यस वर्ष पनि उल्लेख्य आम्दानी भने लिन सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here