देशमा विकास नहुनुको कारण बोले संयोजक डा बाबुराम भट्टराईले

दैलेख,११ फागुन । नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईले कमजोर कार्यशैलीका कारण सोचेजस्तो विकास हुन नसकेको दावी गर्नुभएको छ । उहाँले राजनीतिक परिवर्तनपछि दलहरुको कमजोर मानसिकताले विकासको गति लिन नसकेको बताउनुभयो ।
पार्टीको एक महीने अभियानका क्रममा दैलेख सदरमुकाम पुग्नुभएका नेता भट्टराईले अख्तियार आयोगको जस्तै संस्थागत सुधार गर्न नसके सुशासन र सदाचार हुन नसक्ने टिप्पणी गर्नुभयो । बेलैमा ध्यान नदिए ५० वर्षसम्म पनि देश विकासको स्थिति यस्तै रहनसक्ने खतरा औँल्याउँदै उहाँले विज्ञान र प्रविधिले पुरातन विश्वास भत्काएका कारण आशा जगाएको उल्लेख गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here