दुई तिहाइको सरकारबाट जनताले आशा गर्ने कुनै ठाउँ छैनः डा.भट्टराई

काठमाडौं,२३ चैत । नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई नेकपा नेतृत्वमा बनेको दुई तिहाइको सरकारबाट जनताले आशा गर्ने कुनै ठाउँ नभएको बताउनुभयो ।
सरकार बनेको एक वर्षभन्दा बढी भइसक्दा समेत जनताका पक्षमा कुने काम गर्न नसकेकोले यो सरकारबाट आशा गर्नु व्यर्थ हुने दाबी गर्नुभयो ।
मगर राष्ट्रिय परिषद नेपालको दोस्रो संघीय भेलाको आज बुटवलमा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका डा. भट्टराई , ‘हदेलो भनेपछि अब कोट्याइराख्नु पर्दैन । यो सरकारको के गर्छ भन्ने लक्षण देखियो ।
काम गर्न नसक्ने भएपछि विकास बजेट घटायो । राजश्व संकलन लक्ष्य घटायो । भ्रष्टचारमा डुब्यो । अब यो सरकारबाट के आशा गर्ने ?’ उहाँले ‘यो सरकारको काम देखेर राष्ट्रिय जनता पार्टी पनि सरकारबाट बाहिरियो । संघीय समाजवादी फोरम पनि त्यही बाटोमा छ । केही गर्छ कि भन्ने सबैको आशा सरकारले गलत सावित गरेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here