दुईबुँदे माग अघि सार्दै २९ गतेदेखि अनसन बस्ने डा. केसीको घोषणा

काठमाडौं, १९ फागुन – प्रधानन्यायाधीश गोपाल पराजुलीलाई तत्काल महाअभियोग लगाई कारबाही गर्न प्रा. डा. गोविन्द केसीले सरकारलाई १० दिने अल्टिमेटम दिनु भएको छ ।

प्रधानन्यायाधीश पराजुलीले पदबाट राजीनामा नदिए यही फागुन २९ गतेदेखि पुन: सत्याग्रह सुरु गर्ने डा. केसीले घोषणा गर्नुभएको छ । न्याय सम्पादनमा भ्रष्टाचार गरेको व्यक्तिलाई महाअभियोग लगाएर हटाउनुको विकल्प नभएको डा. केसीले आज जारी गर्नु भएको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै, चिकित्सा शिक्षा सम्बन्धी न्यायिक जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरी दोषी ठहर्‍याईएका पदाधिकारीलाई पनि कारबाही गर्न डा। केसीको माग छ । चिकित्सा शिक्षा अध्यादेशलाई यथाशीघ्र ऐनमा परिणत नगरे विरोधका अन्य कार्यक्रम ल्याउन बाध्य हुने विज्ञप्तिमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here