दश युवा उद्यमीलाई अनुदान

बागलुङ, ३ साउन- उद्यममा लागेका दश युवाले बडीगाड गाउँपालिकाबाट जनही रु एक लाख ४० हजारका दरले अनुदान पाएका छन् । युवा लक्षित कार्यक्रमअन्तर्गत ती युवाहरुलाई अनुदान दिइएको हो । अनुदान पाएका युवाले रु ७० हजार थप गरी कूल रु दुई लाख १० हजार बराबरको लगानी गरेका छन् ।

वडा कार्यालयको सिफारिश र गाउँपालिकामा आएको प्रस्तावका आधारमा ती युवा छनोटमा परेका थिए । अनुदान पाउनेमा वडा नं १ का टीका पच्या, २ का विष्णु पुरी, ३ का केयरसिंह पुन, ४ का प्रकाश श्रीस, ४ का हिराबहादुर घिमिरे, ६ का वीरबहादुर रजाली, ७ का दीपकबहादुर माझी, ८ का रुपेश पाइजा, ९ का पानबहादुर केसी र १० का तीर्थलाल सुनार छन् ।
‘एक वडा, एक युवा उद्यमी’ तयार गर्ने लक्ष्य गाउँपालिकाको छ । युवालाई उद्यमशील बनाउनका लागि प्रेरित गर्ने उद्देश्यले अनुदान कार्यक्रम ल्याइएको गाउँपालिकाका अध्यक्ष मेयरसिंह पाइजाले बताउनुभयो । “युवाहरु गाउँमै स्वरोजगार बनून्, उद्यम विस्तार होस् भन्ने हाम्रो उद्देश्य छ,” उहाँले भन्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here