काठमाडौं,१८ साउन– त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत आवासीय चिकित्सकहरुले आजदेखि अस्पतालको बहिरंग सेवा (ओपीडी) बहिष्कार गर्ने भएका छन् ।
डा. गोविन्द केसी अनसनमा बसेको ९ दिन वितिसक्दा पनि सरकार गम्भिर नभएको भन्दै उनीहरुले ओपीडी सेवा बहिष्कार गर्ने भएका हुन् ।
अनसनको ९ दिन वितिसक्दा पनि राज्य गम्भिर नभएको र डा केसीको सवास्थ्य अवस्थासमेत गम्भिर हुदै गएकोले यस्तो कदम चाल्न बाध्य भएको नेपाल रेजिडेन्ट डाक्टर्स एसोसिएसनका अध्यक्ष डा. कश्यप श्रेष्ठले जानकारी दिनुभयो ।
ओपीडीलगायत पठनपाठनसम्बन्धकिो कुनै पनि शैक्षिक कार्यक्रममा सरिक नहुनेसमेत उहाँले बताउनुभयो ।

