तीन महिनामात्रै बाँकी रहँदा ३५ प्रतिशतमात्रै पुँजीगत खर्च

काठमाडौं,७ बैशाख । आर्थिक वर्ष सकिन तीन महिनामात्रै बाँकी रहँदा ३५ प्रतिशतमात्रै पुँजीगत खर्च भएको छ । चालू आर्थिक वर्षको ९ महिना बितिसक्दा विनियोजित बजेटमध्ये एक खर्ब ११ अर्ब रुपैयाँ पुँजीगत खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

सरकारले चालू वर्षका लागि तीन खर्ब १३ अर्ब ९९ करोड पुँजीगत खर्च विनियोजन गरेको छ । यस अवधिसम्ममा वित्तीयतर्फ ४६ अर्ब ४४ करोड अर्थात् २९.८२ प्रतिशत खर्च भएको छ । सरकारले वित्तीय व्यवस्थातर्फ एक खर्ब ५५ अर्ब ७१ करोड बजेट विनियोजन गरेको छ ।

यस्तै, चालूतर्फ भने ५५.९५ प्रतिशत खर्च भएको छ । ८ खर्ब ४५ अर्ब ४४ करोड विनियोजन गरिएकोमा यस अवधिसम्ममा ४ खर्ब ७२ अर्ब साधारण खर्च भएको कार्यालयको तथ्यांक छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here