तीन घेरामा सुरक्षा,अतिसंवेदनसिल क्षेत्रमा हेलिकप्टरबाट सुरक्षा प्रदान गर्ने

असार,१३ काठमाडौं–भोली हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनलाई मध्यनजुर गर्दै गृहमन्त्रालयले तीन घेरामा सुरक्षा प्रदान गर्ने जनाएको छ । निर्वाचन सुरक्षाका लागि पहिलो चरणमा जस्तै पहिलो घेरामा नेपाल प्रहरी, दोस्रो घेरामा सशस्त्र प्रहरी र तेस्रो घेरामा नेपाली सेनालाई परिचालन गरिने गृहमन्त्रालयले जनाएको हो ।

निर्वाचन हुने स्थानीय तहमा सबै सुरक्षा प्रबन्ध मिलाइसेको गृहमन्त्रालय सचिवालयले जनाएको छ । मन्त्रालयले निर्वाचन शान्तिपूर्ण रूपमा सफल बनाउन र मतदातालाई ढुक्क भएर मत हाल्न अपिलसमेत गरेको छ । सुरक्षाको दृष्टिकोण अतिसंवेदनसिल क्षेत्रमा हेलिकप्टरबाट पनि सुरक्षा प्रदान गर्ने गृहको तयारी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here