तपाई कस्तो साथीको संगतमा हुनुहुन्छ ? यस्ताको संगत कहिल्यै नगरौं !

एजेन्सी । तपाईले मेरो साथी भनेर कहिले देखि चिनाउनु वा चिन्नुभयो ? सामान्य तया मान्छे चिन्ने भइसकेपछि हामी साथी चुन्न थाल्छौं । हाम्रो समाजीक स्वरुपनै यस्तै गरि बनेको हुन्छ । हामी जहाँ गएपनि जस्तो अबस्थामा रहेपनि हामीसंग हाम्रो या मेरो साथी हुन्छ । भनिन्छ कतिपय परिवारलाई नभनेको कुरा हामी साथीलाई भन्छौं । किन कि उ एक विश्वासको पात्र हुन्छ ।

साथी त्यो समयमा पनि हुन्छ जहाँ हामी चितामा जादै गरेका हुन्छ । उ मलामेको भुमिकामा आएको हुन्छ । साथी वालपन, किशारापन,युवा अबस्था, अधवैश्य अबस्था तथा वृद्ध यी चारै अबस्थामा हामीसंग साथी हुन्छ साथीको माया सद्भाव हुन्छ । किन कि साथी एक असल र निस्वार्थ सम्बन्ध हो । तर कति पए समयमै साथीकै कारण ज्यान गुमाएका घटनाहरुपनि धेरै आउने गरेका छन् ।

जीवनमा राम्रो साथी र सुसंगतको धेरै महत्व छ । संगतले जीवनमा ठूलो प्रभाव पार्छ । तर यहाँ केहि यस्ता साथीहरु हुन्छन् जसका कारण सफलता होइन असफलता तर्फ लैजान्छ । खराब साथीसँग संगत बन्यो भने हामी सफलताबाट टाढा पुग्छौं । आफ्नो बहुमूल्य समय नालायक साथीसँग गुजार्नु व्यर्थ छ भन्छ अध्ययनले । त्यो पनि तपाईको असल साथी होइन जसले तपाईको इज्जत गर्दैन । हामी अहिले जहाँ छौं त्यहाँ बाल्य कालको साथी पनि नहुन सक्छ ।

हामी कुन अबस्थाको साथीलाई विश्वास गर्ने । कति पए साथीहरुको स्वभाव अलि उग्र हुन्छन्..तपाई के गर्दै हुनुहुन्छ ? तपाई के खानु हुन्छ ? के लाउनुहुन्छ ? कतिको लाउनुहुन्छ ? तपाईको मोवाइन कति महंगो ? तपाईको सम्बन्धको संग लगायतको चियो चर्चाे । अनि सानो गल्ती भेटिए बारम्बार सुनो खालको हुन सक्छन् । त्यस्तालाई तपाई के भन्नुहुन्छ ।

जतिखेर पनि आलोचना गर्ने साथीको काम छैन । आफूले कडा मेहनत गरेर राम्रो गन्तव्य हासिल गरेपनि त्यसको प्रशंसा नगरेर आलोचना गर्ने साथीलाई कसरी राम्रो भन्न सकिन्छ । वा तपाईको व्यक्ति जीवनमा आच आउने कुराहरुलाई खोज्दै हिड्छ भने पनि त्यस्ता साथीबाट टाढा हुन विज्ञहरुले सुझाव दिएका छन् ।

कति पय साथी जसरी भएपनि आफ्नो कुरा मान्नुपर्छ भन्ने सोच पाल्छन् । यस्ता साथीले कहिलेपनि तपाईंको भलो    चाहँदैनन् । यिनीहरूबाट टाढै बस्नु ठीक हुन्छ । अनि आफूलाई काम पर्दा मात्र सम्पर्कमा आउने यस्ता साथीसँग बस्नुपनि यहाँको लागि भलो होइन भनिन्छ । कति भय साथी तपाईका सफतालाई फलो गर्छन..कति तपाईका गल्तीलाई फलो गर्छन । तपाई आफै रोज्न सक्नुहुन्छ तपाईको लागि कुन साथी सहि छ ।

कुनै कुनै साथी चाहिँ हो मा हो मिलाउने खालका मात्र हुन्छन् । तपाईंले कुनै कुरा राख्दा सोचविचार नगरिकनै हो भनिदिने साथीले तपाईंलाई चाहिने बेलामा मद्दत गर्न सक्दैनन् । कति पए साथीका कारण परिवार, घर सम्बन्ध विग्रेका हुन्छन् भने कति पए साथीले भविश्य बनाइदिएका हुन्छन् ।

तपाईंलाई अप्ठ्यारो परेको बेलामा साथ छोडिदिने साथी पनि काम छैन । यस्ता साथी एकदमै खतरनाक हुन्छन् र यिनीहरूसँग समय बिताउनु व्यर्थ हुन्छ । कुनै बहानामा यस्ता साथीको परीक्षण गर्नु उचित हुन्छ । सच्चा साथी हाम्रो प्रगतिबाट खुशी हुन्छन, सही बाटो देखाउँछन, सुख दुःखमा साथ दिन्छन् र कठिन परिस्थितिमा सहकर्मी बन्छन् । यो सामाग्री एजेन्सीको सहयोगका तयार पारिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here