एजेन्सी– अमेरिकामा हजारौँ मानिसहरुले राष्ट्रपति डोनाल्ड ट्रम्पको जलवायु परिवर्तन सम्बन्धी नीतिहरुको विरोधमा प्रदर्शन गरिरहेका छन् ।
ती र्यालीहरुका युवादेखि वृद्धसम्म र बौद्ध भिक्षुदेखि अमेरिकाका रैथाने समूहहरु पनि सहभागी भएको बिबिसीले जनाएको छ ।
‘जनताको जलवायु र्याली’ नाम दिइएको उक्त प्रदर्शन सांकेतिक रुपमा राष्ट्रपतिका रुपमा ट्रम्पको १०० औँ दिन पारेर आयोजना गरिएको हो ।
बिबिसीका अनुसार वासिङटनमा प्रदर्शनकारीहरुले ह्वाइट हाउसलाई घेर्ने योजना बनाएका छन् ।

