ट्रम्पका ज्वाईं किन परे अनुसन्धानको घेरामा ?

एजेन्सी– अमेरिकी सञ्चार माध्यमहरुले राष्ट्रपति ट्रम्पका छोरी ज्वाइं तथा ह्वाइट हाउसका सल्लाहकार ज्यारेड कुश्नर गत वर्षको निर्वाचनमा रुसी हस्तक्षेपबारे एफबीआइले थालेको अनुसन्धानको घेरामा रहेको जनाएका छन् ।
संघीय जाँच ब्यूरो एफबीआइका अनुसन्धानकर्ताहरुले ३६ वर्षीय कुश्नरसंग छानविनका निम्ति महत्वपूर्ण जानकारी हुन सक्ने विश्वास गरेको एनबीसीन्यूजलाई अधिकारीहरुले बताएका छन् ।
एफबीआइले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनताका रुसबाट भएको सम्भावित हस्तक्षेप र ट्रम्प अभियानसंग त्यसको सम्बन्धबारे छानविन थालेको छ ।
नाम नखुलाइएका अमेरिकी अधिकारीहरुले कुश्नरबारे अनुसन्धानकर्ताहरुको चासो हुनु भनेको उनी कुनै अपराधमा संलग्न भइहालेको भन्ने गरी बुझ्न नहुने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here