ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु

सल्यान,२८ फागुन । सल्यानमा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । जिल्लाको श्रीनगरबाट लान्तीबजार तर्फ जाँदै गरेको रा १ त ११५१ नम्बरको ट्याक्टर गए सोमबार राति सवाँ ८ बजेतीर शारदा नगरपालिका १ शान्तिनगरमा दुर्घटना भएको हो ।
ट्याक्टर सडक देखी झण्डै ३० मिटर तल खेतमा खसेको छ । दुर्घटनामा परी गाडी चालक शारदा नगरपालिका १२ चिसापानीका २४ बर्षीय कृष्ण डाँगी र गाडीमा सवार चैबाङज्युला निवासी १३ बर्षीय अमर बुढाथोकीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
ट्याक्टर दुर्घटनामा घाईते भएका उनीहरुलाई उपचारको लागी जिल्ला अस्पताल सल्यानमा ल्याइएको थियो । तर उपचारको क्रममा उनीहरुको राती साँढे ९ बजेतीर मृत्यु भएको प्रहरीको भनाई रहेको छ । अहिले ती दुवै जनाको शबलाई जिल्ला अस्पताल सल्यानको शव गृहमा राखिएको छ । शवको पोष्टमार्टम पछि घरपरिवारलाई बुझाउने तयारी भईरहेको प्रहरीको भनाई रहेको छ । ट्याक्टर दुर्घटनाको बिषयमा भने थप अनुसन्धान भैरहेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here