टोखामा बिहानै चितुवा रुख चढ्यो

काठमाडौं,२६ बैशाख ।  काठमाडौंको टोखा बजारस्थित ग्र्याण्डी अस्पताल नजिकै बस्तीमा एकाबिहानै चितुवा फेला परेको छ । स्थानियहरु भने त्रसित बनेका छन् । चितुवा अहिले भूतखेल चकौरको सल्लाघारीमा अग्लो रुखमा चढेर बसेको प्रहरीले जनाएको छ ।
बस्तीमा यसअघि चितुवा नदेखिएकाले सो चितुवा शिवपुरी जंगलबाट आएको हुनसक्ने प्रहरीको अनुमान छ । चितुवा घेरै उचाइको रुखमा बसेकाले सुरक्षित रूपमा जंगल फर्काउन समस्या भएको टोखा प्रहरी प्रभागमा सहायक निरीक्षक सञ्जीवकुमार नापितले बताउनुभएको छ । सहयोगका लागि वन विभागको प्राविधिक इकाइ र सदर चिडियाखानालाई खबर गरिएको नापिततले जानकारी दिनुभएकको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here