जुम्लामा अनुमतिबिनै सीसी क्यामरा जडान

काठमाडौँ,३०पुस । जुम्लामा अनुमतिबिनै धमाधम सीसी क्यामरा जडान गर्दै आएका छन्। जिल्लाका सरकारी तथा गैर सरकारी संघसंस्थाले अनुमतिबिनै सीसी क्यामरा जडान गर्दै आएका हुन् ।

सीसी क्यामरा जडान तथा कार्यविधि २०७२ अनुसार जुनसुकै संघसंस्था वा निजी क्षेत्रमा सीसी क्यामरा जडान गर्नु पूर्व अनिवार्य जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था छ। तर कसैले पनि हालसम्म अनुमति लिएका छैनन्। जिल्लाका अधिकांश स्थानीय तहका कार्यालयदेखि वित्तीय संस्था र ठूला व्यापारीले सीसी क्यामरा जडान गर्दै आएका का छन्।

सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्रप्रसाद श्रेष्ठले भने, ुकुन प्रयोजनले सीसी जडान गर्न लागिएको हो, त्यसको पूर्ण विवरण खुलाई अनुमति लिनुपर्छ, तर कार्यालय, घर, व्यापारिक पसलदेखि उद्योगमा अनुमतिबिनै सीसी राखिएका छन्।

यसरी संचालन गरिएका सीसी क्यामरामा कुनैपनि व्यक्तिगत चरित्र हत्या गर्ने मनसायले फुटेज रेकर्ड गरेको पाइएमा विधुतीय कारवाही ऐन २०६३ अनुसार जोसुकैलाई सजाय हुने उहाँले बताउनु भयो । आइतबार प्रशासनले सरोकारवालासँग छलफलको आयोजना गरी अनुमतिबिनै सीसी क्यामरा जडान गर्ने सबै निकाय तथा व्यक्तिलाई नियमनमा ल्याउने बताएको छ।

प्रशासनले यस विषयमा अबको केही दिनभित्र संयुक्त बजार अनुगमन गर्ने तयारी समेत गरेको छ। अनुगमनको क्रममा अनुमतिबिना सीसी जडान गरेकालाई अनिवार्य अनुमति लिन लगाउने र सीसी जडान नगरेकालाई जडान गर्न लगाउने डीएसपी सिताराम रिजाललले बताउनु भयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here