रुकुम,१० मंसिर– बिना विभागिय मन्त्री जनार्दन शर्माले मतदान गर्नुभएको छ । बाम गठबन्धनको तर्फबाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष उम्मेदवार शर्माले मुसीकोट नगरपालिका–५, को यमुनानन्द नमूना माविमा रहेको मतदान स्थलको क– मतदान केन्द्रमा मतदान गर्नुभएको हो ।
यस मतदान केन्द्रमा मतदान गर्ने उहाँ पहिलो मतदाता हो । मतदानको समय सुरु भए लगत्तै जनार्दन शर्माबाट मतदान सुरु भएको मतदान अधिकृत पूर्णबहादुर अछामीले बताउनुभएको छ ।

