जनकपुरमा बिहानै आधा दर्जन ग्यास सिलिण्डर विस्फोट, तीन होटेल पुर्णरुपमा ध्यस्त

file photos

काठमाडौं,५ असार । जनकपुरमा एकै साथ आधा दर्जन भन्दा बढि ग्यास सिलिण्डर विस्फोट हुँदा ३ वटा होटेल जलेर पूर्णरुपमा नष्ट भएका छन् ।

आज विहानै ३ बजे ग्यास सिलिण्डर विस्फोट हुँदा जनकपुरधाम उपमहानगरपालिका वडा नम्ब २ कदम चोक स्थित गोविन्द मिष्ठान भण्डार र अन्य २ वटा होटल गरी ३ वटा भोजनलाय होटेल जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको हो । होटलको भान्सामा राखिएको ग्यास सिलिण्डर विस्फोट हुँदा आगो लागेको स्थानीयवासीको भनाई छ ।
ग्याँस सिलिण्डर विस्फोट हुँदा ३ वटा होटलमा एकैपटक आगो लागेको थियो । आगलगीबाट लाखौंको क्षति भएको छ । होटेल भित्र ९ वटा ग्यास सिलिण्डर एकैठाउँमा जम्मा पारेर राखिएको थियो ।  सिलिण्डर विस्फोटको आवाज अत्याधिक शक्तिशाली भएपछि त्यहाँको जनजिवन बिहानै त्रिशित भएको थियो ।

स्थानीयमा भाग दौडको स्थीति आएको प्रहरीले जनाएको छ । अहिले घटनास्थलमा प्रहरीहरुको टोली पुगेको छ, घटनाको अनुसन्धान जारी रहेकाले पुर्ण क्षतिको विवरण आउन बाँकी रहेको धनुषा प्रहरीले जनाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here