जंगली च्याउ खाँदा ६ जना बिरामी

दाङ, २५ असार– जंगली च्याउ खाँदा आइतबार ६ जना बिरामी परेका छन् । तीमध्ये घोराही उपमहानगरपालिका–९, खैरा निवासी ४३ वर्षीया बालिका डाँगीको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय, दाङका प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभएको छ ।

डाँगीको हाल बाँकेस्थित कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले बताएको छ । आइतबार बेलुका च्याउ खाएलगतै बेहोस भएकी बालिकाको आज बिहानसम्म पनि होस खुल्न नसकेको भन्ने खबर आएको प्रहरीले बताएको छ ।

कोहलपुरमै उपचार गराइरहेकी सोही ठाउँ निवासी ४० वर्षीया हिमा डाँगीको अवस्था भने सामान्य बन्दै गएको छ । च्याउ खाएर बिरामी परेकामध्ये घोराही– ९ दुबिचौर निवासी थप चारजना भने राप्ती उपक्षेत्रीय अस्पताल घोराहीको उपचारपछि घर फर्किसकेको प्रहरीले जानकारी दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here