घोराहीमा थ्रि डि वाल डेकोरेसन उद्घाटन

बिष्णकुमार देवकोटा

दाङ ४ असोज

घोराहीमा इन्टेरीयर डेकोरेसन थ्रि डि वाल को उद्घाटन गरीएको छ । घोराही उपमहानगरपालिका वडा नं १५ जि.प्र.का रोडमा स्थापित व्यवसायीक प्रतिष्ठानको अफिस, शो रुम, होटेल तथा अन्य निजी कोठाहरुको सजावट तथा सौन्दर्यको सेवा दिनेगरी थ्रि डि वाल पसल को उद्घाटन औपचारीक कार्यक्रमको आयोजना गरी उद्घाटन गरीएको संचालक तेज वलिले जानकारी दिनुभयो ।

संचालक तेज बहादुर वलिको सभाअध्यक्षता तथा प्राद्यापक संघका केन्द्रिय सदस्य प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न उद्घाटन समारोहमा हिन्दू धार्मीक परम्परा अनुसरा रीबन काटेर र नरीवल फोडेर पसलको उद्घाटन गरीएको हो ।

प्रमुख अतिथी नेपाली काँग्रेस वडा नं १५ का वडा सभापति समेत रहनुभएका प्रकाश श्रेष्ठ, परीयार सेवा समाजका केन्द्रिय सदस्य केशव परियार तथा वि.पी. बिचार राष्ट्रिय समाज दाङका अध्यक्ष रमेश कुमार पाण्डेले संयुक्त रुपमा पसलको उद्घाटन गर्नुभएको हो ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथीको आसन बाट बोल्दै थ्रि डि वालको अबधारणा जिल्लाको लागी बिल्कुलै नौलो र किफायति रहेको प्रकाश श्रेष्ठले दावी गर्नुभयो । यसैगरी कार्यक्रमका विसिष्ट अतिथी केशप नेपालीले युवाहरु अब आफै स्वरोजगार हुनुपर्नै धारणा व्यक्त गर्नुभयो । अर्का विसिस्ट अतिथी रमेश कुमार पाण्डेले आफुले थ्रि डि वालको बिष्यमा प्रचारप्रसार गरी सहयोग गर्नै बचन बद्धता व्यक्त गर्नुभयो । कार्यक्रमको सहजिकरण बिष्णुकुमार देवकोटाले गर्नुभयको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here