घरेलु तथा साना उद्योगमा ४५ करोड भन्दा बढी लगानी

लमजुङ, १६ असार । लमजुङमा घरेलु तथा साना उद्योगको लागि मात्रै र ४५ करोड भन्दा बढी लगानी भएको छ ।
घरेलु तथा साना उद्योग विकास समितिको कार्यालयका अनुसार जिल्लामा सञ्चालित उत्पादनमूलक, सिलाइकटाइ, कृषि औजार, पर्यटन, र अलैँची उद्योगमा सबैभन्दा धेरै लगानी रहेको छ । जिल्लामा दुई दर्जन व्यावसायिक अलैँची र पर्यटन उद्योग सञ्चालनमा छन् ।
घरेलु तथा साना उद्योगहरुमा झन्डै सात हजारले रोजगारी पाएको समितिका प्रमुख लक्ष्मीप्रसाद दाहालले बताउनुभयो । जिल्लाका विभिन्न गाउँ तथा सदरमुकाममा समेत पर्याप्त घरेलु तथा साना उद्योग सञ्चालनमा आएको कार्यालय उहाँको भनाइ छ ।

घरेलु तथा साना उद्योगबाट उत्पादित वस्तुको निर्यातमा वृद्धि भएसँगै बर्सेनि लगानी बढेको लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेश थापाले बताउनुभयो ।  परम्परागत खेतीप्रणालीमा निर्भर जिल्ला लमजुङमा पछिल्ला वर्षमा घरेलु तथा साना उद्योगमा आकर्षण बढेको छ । जिल्लामा हालसम्म घरेलु तथा साना उद्योगको सङ्ख्या दुईहजार २६२ पुगेको छ ।

पर्यटकलाई थप आकर्षण गर्न ताल प्रवद्र्धन 
यसैगरी बर्सेनि हजारौँ पर्यटक आउने लमजुङमा पर्यटकलाई थप आकर्षण गर्न तालको प्रवद्र्धन गरिएको छ । सदरमुकाम बँेसीसहर– २, भकुन्डे तालफाँटमा रहेको ताल मर्मत गरी पर्यटक प्रवद्र्धन गर्न थालिएको हो ।
तालको संरक्षण हुन नसक्दा लोप हुने अवस्थामा पुगिसकेको थियो । पछिल्लो समय स्थानीयवासीले मर्मत गरी आकर्षक बनाएका छन् ।  सुन्दर फाँटको बीचमा रहेको ताल र तालको बीचमा रहेको तालबराह मन्दिर निकै आकर्षक भएको लमजुङ उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजेश थापाले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here