गृहमन्त्री र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ, ३० जेठ । गृहमन्त्री जनार्दन शर्मा र नेपालका लागि अमेरिकी राजदूत अलाइना टेप्लिजबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका बारेमा छलफल भएको छ ।

गृह मन्त्रालयमा आज भएको शिष्टाचार भेटमा उहाँहरुबीच नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे छलफल भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ । गृहमन्त्री शर्माले नेपालको विकासमा अमेरिकाले गरेको सहयोगका बारेमा राजदूतमार्फत अमेरिकी सरकारलाई धन्यवादसमेत दिनुभएको थियो । राजदूतले गृहमन्त्री शर्माको सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here