गृहमन्त्री थापा सहित ४ जना मन्त्री तराई डुवान प्रभावित क्षेत्रमा जादैं

काठमाडौं,१ साउन । गृहमन्त्री राम बहादुर थापा सहित ४ जना मन्त्री तराईको डुवान प्रभावित क्षेत्रको भ्रमणमा जादै हुनुहुन्छ । गृहमन्त्री थापा सहित चारजना मन्त्री आज बाढी र डुवानग्रस्त तराईका जिल्लाको भ्रमणमा जादैहुन्छ ।

भ्रमणमा गृहमन्त्री रामबहादुर थापा, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ र स्वास्थ्यमन्त्री उपेन्द्र यादव तराईका बाढीग्रस्त जिल्लाको भ्रमणमा जान लाग्नुभएको हो ।

मन्त्रीको टोलीले बाढी र डुबानग्रस्त तराई मधेशका रौतहट, बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा लगायतका जिल्लाको स्थलगत भ्रमण गर्ने कार्यक्रम छ । एक सातादेखि तराईका विभिन्न जिल्लामा बाढी र डुबानको कारण दर्जनौँको मृत्यु भएको छ भने, हजारौँ विस्थापित भएका छन् । राहत र उद्धारको अभावमा बाढी पीडितहरुले कष्टकर जीवन बिताइरहेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here