काठमाडौं,५ चैत: विपी राजमार्गको सिन्धुली खनियाँखर्क सडकखण्डको पिपलभञ्याङमा गएराती साढे १२ बजे गुडीरहेको ट्रकमा आगलागी भएको छ । आगजनीबाट ट्रकमा पुरै क्षति पुगेको र सबै सामान जलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
सिमेन्ट लिएर सिन्धुलीबाट रामेछापको मन्थलीतर्फ जाँदै गरेको बा.५.ख.३७३६ नम्बरको ट्रकमा विपि राजमार्ग अन्र्तगतको कमलामाई नगरपालीका २ पिपलभञ्ज्याङमा आगलागि भएको हो । आगोलागीका कारण ट्रक र ट्रकको सामान गरी ३४ लाख मुल्य बराबरको क्षति भएको प्रहरी उपरिक्षक चक्र बहादुर सिंहले बताए ।
ट्रकमा आगजनी भएपछि कमलामाई नगरपालिको दम्कलको सहायताले विहान १ बजे आगो नियन्त्रणमा लिएको सिंहले बताए । ट्रकमा आगो लागेपछि ट्रकका चालक मन्थली – २, रामेछापका शान्तकुमार खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
ट्रकको पछाडिको पट्टा भाँचिएर तेलको ट्यांकीमा प्वाल परेपछि आगो लागेको हुन सक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी उपरिक्षक सिंहले बताए ।

