काठमाडौं,१७ चैत– गाउँपालिका राष्ट्रिय महासंघको राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौंमा सुरुहुने भएको छ । ३ दिनसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।
महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी ओलीले गर्ने महासंघका अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिनुभयो ।
महासंघको महाधिवेशनमा चार सय ६० गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्षसहित नौ सय २० तथा ७५ वडाध्यक्ष सहित एक हजार प्रतिनिधि सहभागी हुँदै छन् ।

