गाउँपालिकाले नै शिक्षक सरुवा गरेपछि

सिन्धुपाल्चोक,१७ बैशाख–सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले मनमौजी ढंगले शिक्षकलाई सरुवा गर्न थालेको छ । स्थानीय शिक्षा ऐन विपरीत त्रिपुरासुन्दरी गाउँपालिका आफू मातहतको धुस्कुनस्थित महेन्द्रप्रताप माध्यमिक विद्यालयका शिक्षक सन्तोष आचार्यलाई टेकानपुरस्थित कालिका माविको प्रधानध्यापकमा सरुवा गरेको हो ।  स्थानीय सरकार सञ्चालन ऐन २०७४ अनुसार शिक्षा भित्र गर्न सकिने २३ बुँदा रहेका छन् । जसअनुसार कुनै पनि नगर या गाउँपालिकालाई शिक्षक सरुवा गर्ने अधिकार भएको पाइँदैन् ।

२०७४/१२/२१ मा नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा विभागले ऐन २०२८ र शिक्षा नियमावली २०५९ (संशोधन सहित ) मा आधारित रहेर शिक्षकहरुको नियुक्ती, सरुवा र दरबन्दी मिलानसँग सम्बन्धित कुनैपनि कार्य, अर्को आदेश नआएसम्म नर्गन नगराउन निर्देशन गरेको छ ।

तर, पालिका सम्बद्ध प्रमुख प्रशासकीय अधिकृत या शिक्षा शाखा प्रमुखको कार्य हस्तक्षेप गरी गाउँपालिकाका अध्यक्ष भूपेन्द्र श्रेष्ठले हस्ताक्षर गरेका छन् ।    महेन्द्रप्रताप मावि पहिलेदेखि राजनीतिक खिचतानीमा पर्दै आएकोले पनि आचार्यलाई सरुवा गरिएको स्रोतको दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here