काठमाडौं, २ भदौं– प्रधानमन्त्री शेरबहादुर देउवाले गरिवी निवारण कोषको वित्तिय स्रोत जुटाउन कार्य दल गठन गरीने बताउनुभएको छ ।
कोषको ६८ औं बैठकमा सहभागि हुदै प्रधानमन्त्री देउवाले कोषको वित्तिय स्रोत जुटाउने मुख्य आधार तय गर्न पाँच वटा मन्त्रालयका सचिव आवद्ध रहेको कार्य दल गठन गरीने बताउनुभएको हो ।
कोषको आजको बैठकले गठन गरीने कार्य दललाई कोषको कार्यक्रमको प्राथमिकता निर्धारण र संगठनात्मक संरचनाको विस्तार गर्ने जिम्मेवारी दिने निर्णय गरेको कोषका उपाध्यक्ष डा. थापाले जानकारी दिनुभयो ।
साथै कोषले भावी रणनीति तय गर्न भाद्र अन्तिम साता सरोकारवाला निकायहरुबीच उच्चस्तरीय बैठक बोलाउने र कोषको वित्तिय स्रोतलाई विस्तार गर्ने उद्देश्यका साथ आगामी कार्तिकमा अन्तराष्ट्रिय स्तरको हस्तकलासम्बन्धि गोष्ठी पनि आयोजना गर्ने निर्णय पनि गरेको छ ।

