गण्डकी प्रदेशसभा: अधिकारीप्रति शोक प्रस्ताव पारित

पोखरा, २१ फागुन: गण्डकी प्रदेशसभाको आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्र्रसाद अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएकामा सर्वसम्मतले शोक प्रस्ताव पारित गरिएको छ ।

अधिकारी कास्की क्षेत्र नं २ बाट प्रतिनिधिसभामा नेपाल कम्युनिष्ट पार्टी नेकपाका तर्फबाट प्रत्यक्ष निर्वाचित बन्नुभएको थियो ।

बैठकले हेलिकप्टर दुर्घटनामा मृत्यु हुनुभएका अन्य व्यक्ति तथा पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको निधनप्रति पनि दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेको छ ।  प्रदेशसभाको अर्को बैठक बुधबार दिनको १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here