खजुरा गाउँपालिका वडा नं ५ मा राहत वितरणमा नाता गोता र पार्टीका कार्यकर्तालाई वितरण गरेको स्थानीयको गुनासो

भीम नेपाली,सुरज मेघनाथ
खजुरा (बाँके) २६ चैत्र
‌विश्वमा महामारी को रूपमा फैलिएको कोरोना (कोविड १९ ) भाइरस विरुद्ध लकडाउन कायम रहेको अवस्थामा निम्न आम्दानी हुने तथा ज्याला मजदुरी गरेर खाने परिवारलाई सर्वत्र राहत वितरण गर्ने कार्य भइरहेको छ। खजुरा गाउँ पालिका वडा नम्बर ५ मा राहत वितरणमा नाता गोता र पार्टीका कार्यकर्तालाई तथा सम्पन्न परिवारलाई वितरण गरेको स्थानीय बासीले बताए।संकटको समयमा मानवीय सहयोग गर्न राज्यले न जाती ,न धर्म,न आफन्त भनी विभेद नराख्नु पर्ने बताए। वार्डले विपन्न परिवारलाई राहत वितरण नगरेको खुलासा गरेका थिए। ज्याला मजदूरी गरी खाने १५० भन्दा बढी घर धुरी विपन्न परिवारलाई राहत वितरणमा समावेश नगरिएकोले गाउँपालिका घेराउ गर्ने राहत पीडित अगुवा तथा स्थानीय बासी समाज सेवी गरीबे शेखले बताए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here