क्रस कन्ट्री साइकिलिङ प्रतियोगिताको उपाधि घनश्यामलाई

धरानः२९ बैशाख–धरानमा शनिबार सम्पन्न प्रदेश १ स्तरीय प्रथम मेयर क्रस कन्ट्री साइकिलिङ च्याम्पियनसिप प्रतियोगिताको मेन इलिट समूह तर्फको प्रथम पुरस्कार धरानका घनश्याम राईले जितेका छन् ।

उनले नगद १५ हजार रुपैया पुरस्कार हात पारे । दोश्रो भएका अभिसेक राईले नगद १० हजारमा चित्त बुझाए । तेश्रो भएका दीपक जिमीले नगद ५ हजार रुपैयाँ हात पारे । धरान–१४ विजयपुरस्थित पञ्चकन्या जंगल वरिपरि २८ किलोमिटरको ट्रयाकमा उक्त प्रतियोगिता सम्पन्न भएको थियो । खुल्ला महिला तर्फ आशा लिम्बु प्रथम हुँदै नगद १५ हजार रुपैयाँ हात पारिन् ।

अनिषा गुरुङ द्वितीय हुँदै नगद १० हजार रुपैयाँ हात पारिन् भने इशा तामाङ तृतीय हुँदै नगद ५ हजार रुपैयाँमा चित्त बुझाइन् । प्रतियोगिताको व्बाइज जुनियर अण्डर १८ को समूहमा सुसान्त मेन्याङ्बो प्रथम भए । उनले नगद ५ हजार रुपैयाँ हात पारे । उत्सव राईले द्वितीय हुदै नगद ३ हजार रुपैयाँ पाए । अभिशेक लिम्बुले तृतीय हुँदै नगद २५ सय पाए ।

यसैगरी भेट्रान्स तर्फ कृष्ण केसी प्रथम भए । उनले नगद ५ हजार रुपैयाँ, दिलबहादुर श्रेष्ठ द्वितीय हुँदै नगद ३ हजार रुपैयाँ र राजु श्रेष्ठ तृतीय हुँदै नगद २५ सय हात पारे ।

महिला खुल्ला, व्वाइज अण्डर १८ र भेट्रान्स समूहले १२ किलोमिटरको साइकिलिङ दौडमा सहभागी भएका थिए । विजेताहरुलाई धरान उपमहानगरपालिकाका प्रमुख तारा सुव्वाले पुरस्कार वितरण गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here