भीम नेपाली/ प्रयाग गुप्ता
बाँके २८ चैत्र
बाँके क्षेत्र नम्बर ३ अन्तरगत नेकपा खजुरा गाउँ पालिका पार्टी को बैठकले कोरोना (कोभिड१९) (low take method) बाट गाउँ बाट गाउँ बचाउने विधि अपनाएर टोल – टोलमा स्वयं सेवक गठन गरि परिचालन गर्ने निर्णय गरको छ।बैठकलाई सम्बोधन गर्दै अध्यक्ष राज कुमार बि. क.ले विश्व मा फैलिएको महामारी कोरोनालाई रोक्ने एक मात्र अस्त्र स्वयम सेवक मार्फत गाउँ बाट गाउँ को रक्षा हुने बताए। टोल – टोलमा गठन हुने स्वयम सेवक ले स्थानिय सरकार संग सहकार्य गरी अगाडी बढने बताएका छन्।बैठकमा अतिथिद्धय प्रदेश सदस्य तथा निर्वाचन क्षेत्र नम्बर ३(ख) इन्चार्ज वेद निधि प्याकुरेल , निर्वाचन क्षेत्र नं ३ काे सह ईन्चार्ज – डम्बर बहादुर बि. क.(तुफान),पार्टी क्षेत्र ३(ख) सचिव भद्र प्रसाद देवकोटा,जिल्ला कमिटी सदस्यहरु तथा नेता कार्यकर्ता को उपस्थिति थियो। सह – इन्चार्ज तुफान ले स्वयम सेवक ले संकट को समयमा रोग र भोक सँग लडन अग्रहनी भूमिका खेल्ने बताए।त्यसैले टोल समिति स्वयं सेवकले कोरोना बिरुद्ध प्रचार तथा रोकथाम आदि तथा सरकारलाई सूचना दिने कार्य समेत गर्ने जानकारी गराए। बैठकले शुभचिन्तक,समर्थक र कोरोना बिरुद्ध का सहयोगी हातहरुको सहयोगको अपेक्षा गरेको छ।उक्त बैठक ले खजुरा गाउँ पालिका अध्यक्ष राज कुमार बि. क.को संयोजकत्वमा १३ सदस्यीय सहयोग संकलन समिति गठन गरेको छ जसमा सदस्यहरु यम बहादुर महतरा,गेहेन्द्र धिताल,धन राम ओली,देव राम डि. सी.,खडक ओली, मगन सिंह थापा,पूर्ण बहादुर भण्डारी,शेर मोहमद खा,प्रेम लाल श्रेष्ठ,देवी लाल खनाल,सैयद खा र अतिउल्ला खा रहेका छन। नव निर्मित समितिले सर्व पक्षीय तथा सर्व दलीय सबैलाई सहयोगको लागि आब्हान समेत गरेको बताए।

