के प्रकाशित होला नेकपाको राजनीतिक प्रतिवेदन ?

काठमाडौं,२३ असार ।  नेकपा अध्यक्षद्धय केपी शर्मा ओली र पुष्प कमल दाहालबीच लामो छलफल पश्चात पार्टीको राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने सहमति भएको छ ।

अध्यक्षद्धयबीच पटक–पटक भएको छलफल अनुसार आज पार्टी एकताको १४ महिनापछि राजनीतिक प्रतिवेदन प्रकाशनमा जाने सहमति बनेको हो । नेकपाले आज प्रतिवेदन प्रकाशनकालागि छाप्न पठाइदै छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा ओली र दाहालबीच भएको ‘वान टु वान’ छलफलमा सहमति भएसंगै राजनीतिक प्रतिवेदन प्रकाशनले गति लिएको हो । सत्तारुढ दल नेकपाको कार्यदिशा विवादले एकताको बाँकी काम टुंगो लगाउन अनिश्चित बन्नुका साथै प्रतिवेदन प्रकाशनमा आलटाल हुँदै आएको थियो ।

राजनीतिक प्रतिवेदन पार्टीको सचिवालय र स्थायी कमिटीले पारित गरे पनि कार्यदिशा विषयमा विवाद हुँदै आएको थियो । २०७५ जेठ ३ मा दुई पार्टीबीच एकीकरण घोषणा गर्दै एकीकृत पार्टीको कार्यदिशा ‘जनताको जनवाद’ हुने घोषणा भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here