केन्द्र र प्रदेशको निर्वाचनका विषयमा प्रमुखदल र आयोगबीच छलफल हुने

काठमाडौं, १ भदौं– प्रमुख शीर्ष दलका शीर्ष नेताले आज निर्वाचन आयोगका प्रतिनिधिसंग छलफल गर्ने भएका छन् । केन्द्र र प्रदेशको निर्वाचनको मिति घोषणा, निर्वाचनको तयारी, आवश्यक पूर्वाधार तथा समसामयीक घटनाक्रमका बारेमा छलफल गर्न प्रमुख तीनले आज आयोगसंग छलफल गर्ने भएका हुन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण जानुअघि तीनदलकै सहमतिमा एउटै मितिमा निर्वाचन गराउने विषयमा दलहरुबीच अनौपचारिक सहमति भएकाले आजको बैठकमा आयोगका प्रतिनिधीसंग छलफल हुने नेताहरुले बताएका छन् ।
निर्वाचन आयोगले केन्द्र र प्रदेशको निर्वाचन तयारी गर्न १ सय २० लाग्ने भन्दै दलहरुलाई सहमतिमा निर्वाचन मिति घोषणा गर्न भनेपछि आज दलहरुले आयोगसंग नै छलफल गर्ने तयारी गरेका हुन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here