कृषि, उर्जा र पर्यटनमा आशलाग्दो प्रगतिः गभर्नर डा.चिरञ्जिवी नेपाल

काठमाडौं,१४ बैशाख । नेपाल राष्ट्र बैंकका गभर्नर डा। चिरञ्जिवी नेपालले कृषि, उर्जा र पर्यटनमा आशलाग्दो प्रगति भएको बताउनुभएको छ ।

नेपाल राष्ट्र बैंकको ६४औं वार्षिकोत्सवमा बोल्दै नेपालले वित्तीय सुचकांक सकारात्मक भएको उल्लेख गर्नुभयो । देश उच्च आर्थिक वृद्धिको बाटोमा अगाडि बढेको पनि उहााको भनाइ छ ।

कृषि, ऊर्जा, पर्यटन लगायत क्षेत्रमा कर्जा प्रवाह बढेको भन्दै राजनीतिक स्थायित्वसँगै वित्तीय क्षेत्रमा लिइएका नीतिगत पहलले अर्थतन्त्र सकारात्मक भएको उहाँको भनाई थियो ।

नेपाल राष्ट्र बैंकका अनुसार गत चैत मसान्तमा बैंक तथा वित्तीय संस्थाको शाखा संख्या ८ हजार दुई सय ५ पुगेको छ । प्रतिशाखाले सेवा प्रदान गर्नसक्ने जनसंख्या ३ हजार पाँच सय ६० पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here