किर्ते उपभोक्ता समिति गठनमा संलग्न रहेको आरोपमा गोइत गोइत

काठमाडौं,१४ बैशाख । किर्ते उपभोक्ता समिति गठनमा संलग्न रहेको आरोपमा सिनियर डिभिजनल इञ्जिनीयर राजकुमार गोइतलाई पक्राउ परेका छन् । प्रहरीले पूर्वाधार विकास डिभिजन कार्यालय सिरहाका प्रमुख तथा डिभिजनल इञ्जिनीयर राजकुमार गोइतलाई रकम अपचलन गर्ने सरकारी छाप किर्ते गरी उपभोक्ता समिति बनाएको प्रकरणमा छानबिनका लागि सिरहास्थित सरकारी निवासबाट पक्राउ गरेको जनाएकोृ छ । उनलाई सप्तरी ल्याइएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताउनुभयो ।
कीर्ते उपभोक्ता समिति गठन गरेको काण्डमा दश दिनअघि सप्तरी प्रहरीले राजपाका केन्द्रीय सदस्य बिपी यादव भनिने विश्वनाथप्रसाद यादव र हरी मण्डल पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

यादव र मण्डलको योजना तथा सिडिई गोइतको मिलेमतोमा सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका २ र ३ स्थित सडकमा माटो तथा ग्राभेल गर्न स्वीकृत योजनाको २५ लाख भ्रष्टाचार गर्न कागज, छाप तथा नागरिकता किर्ते गरी उपभोक्ता समितिसमेत किर्ते खडा गरिएको प्रहरीले दाबी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here