किमसंग वार्ता गर्न ट्रम भियतनाम

एजेन्सी । उत्तर कोरियाली नेता किम जोङसँग भियतनामको हनोइमा हुने शिखर सम्मेलनमा सहभागि हुन अमेरिकी राष्ट्रपति मङ्गलबार साँझ भियतनाम आइपुग्नुभएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्प हनोइको अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुहुँदा उहाँलाई विमानस्थलमा भब्य स्वागत गरिएको छ । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेता किमबीच बुधबार र बिहीबार कोरियाली प्रायद्वीपलाई आणविकरूपमा निशस्त्रीकरण गर्ने सम्बन्धमा छलफल हुने कार्यक्रम छ । विश्व समुदायले यस पटकको वार्तामा उत्तरकोरियाली आणविक कार्यक्रमका बारेमा उल्लेखनीय प्रगति हुने अपेक्षा गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको दोस्रो शिखर सम्मेलनका लागि उत्तर कोरियाली नेता कीम जोङ उन मङ्गलबार नै भियतनामको राजधानी हनोई आइपुग्नु भएको थियो । दुई नेताको लागि हनोईमा उच्च सुरक्षा प्रबन्ध गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here