काठमाडौं,२१ चैत । कैलालीको धनगढी–खुुटिया–गडसेरा–दिपायल सडकखण्ड कालोपत्रेको लागि १ सातादेखि आह्वान गरिएको आन्दोलन जारी राखिएको छ । प्रतिनिधिसभा सदस्य तथा नेकपाका नेता लेखराज भट्टले खुटिया–धनगढी सडकखण्ड तत्काल कालोपत्रे गरिने बताएपनि स्थानीयले आफ्ना संघर्षका कार्यक्रम जारी राखेका छन् ।
पूर्वमन्त्री समेत रहेका नेता भट्टले स्थानीयबासी एवं संघर्ष समितिसँग अन्तक्र्रिया गर्दैै तत्काल कालोपत्रे गरिने बताएका थिए । आफू सडकको अवस्थावारे जानकार रहेको र सुदूरपश्चिमका मुुख्यमन्त्री त्रिलोचन भट्टलाई समेत जानकारी गराएको बताउँदै सडक राष्ट्रिय गौरवको योजनामा पर्ने भएकाले केही ढिलाइ भएपनि ४ लेनको सडक बनाइने आश्वासन दिनुभयो । उहाँले स्थानीयलाई सडककै लागि आन्दोलन नगर्न समेत आग्रह गर्नुभएको थियो ।
तर स्थानीयले सडकमा ठूला सवारीसाधन अझैसम्म चल्न दिएका छैनन् । जिल्लाको धनगढी उपमहानगरपालिका र गोदावरी नगरपालिकाले आ–आफ्नोे क्षेत्रमा पर्ने धुुलाम्य सडकखण्डमा पानी हाल्ने शर्तमा ट्रक, टिप्पर, बसलगायत ठूूला सवारीबाहेक साना सवारी मात्रै चल्न दिएका छन् ।

