कार दुर्घटनामा दुई जनाको मृत्यु

काठमाडौं,१० असार । सिन्धुलीको सुनकोशी गाउँपालिका–२ कमारे फाँटमा एक निजी कार दुर्घटना हुँदा एकै परिवारका दुईजनाको मृत्यु भएको छ ।

बा १ च नम्बरको कार दुर्घटना हुँदा काठमाडौं महानगरपालिका–२१ नयाँ बानेश्वरकी ४६ वर्षीया हेमा लामिछाने र सोही ठाँउका ५७ वर्षीय अच्युत लामिछानेको मृत्यु भएको प्रहरीले जनाएको छ ।  यसै दुर्घटनमा परीकाठमाडौं–२१ कै २२ वर्षीया आस्था लामिछाने घाइते भएकी छिन ।

उनलाई उपचारका लागि काठमाडौं पठाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख चक्रबहादुर सिंहले जानकारी दिनुभयो ।

दुर्घटनामा कार चलाउने ५८ वर्षीय दिपक लामिछाने सामान्य घाइते भएका छन । प्रहरीका अनुसार खोटाङको हलेसी महादेवको दर्शन गरी काठमाडौं फर्कने क्रममा कार दुर्घटनामा परेको हो । कार सडकबाट करिब ५ सय मिटर तल खसेको प्रहरीको भनाई छ । मृतक दुवै जनाको घटना स्थलमै ज्यान गएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here