काठमाडौं उपत्यका लगायत देशैभरी यसैहुने

काठमाडौं, २८ फागुन–काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा आज पनि दिनभर पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभावले मौसम बदली हुदा देशभर वर्षा भएको हो ।  आज दिनभर देशैभरी पानी पर्नसक्ने सम्भावना रहेको मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।

प्रि मनसुन सुरु भइसकेकाले दिउँसोपछि पहाडी क्षेत्रमा पानी पर्नु सामान्य भएको महाशाखाको भनाई छ । मौसममा भोलिदेखि क्रमिक रुपमा सुधार आउने छ ।  यसैबिच– केहिदिन देखि कर्णाली सहित सुदूरपश्चिमका पहाडी जिल्लामा परेको हितपातका कारण त्यहाँको जनजीवन प्रभावित भएको छ । हिमपातसंगै चिसो बढेपछि त्यहाको जनजीवन प्रभावित भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here