काँग्रेस बरिष्ठ नेता पौडेलको गाडीमा बम प्रहार,चुनावमा हतोत्साही भएकाहरुले आक्रमण गरेकोः पौडेल

तनहुँ, २ मंसिर । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेल चढेको गाडीमाथि तनहुँको भानुमा कुकर बम प्रहार भएको छ। गोर्खामा प्रचारको कार्यक्रम सकेर तनहुँ फर्किँदै गर्दा पौडेललाई लक्षित गरी प्रहार गरिएको हो।

‘चुनावमा हतोत्साही भएकाहरुले आक्रमण गरेका हुन्,’ पौडेलले घटनालगत्तै प्रतिक्रिया दिँदै भने, ‘यस्तो अतातायी घटना लोकतन्त्र कमजोर बनाउनका लागि भएको हो।’

आज ३ बजेको समयमा पौडेललाई लक्षित गरी वम प्रहार भएको हो। पौडेल चढेको गाडीको सिसा फुटेको छ भने कुनैपनि खालको मानवीय क्षति भएको छैन।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here