काँग्रेस केन्द्रीय समिति बैठक बस्दै,यस्ता छन् एजेन्डा

काठमाडौं,२५ माघः नेपाली कांग्रेसले केन्द्रीय समिति बैठक शुक्रबार बस्ने भएको छ ।  राष्ट्रिय सभा निर्वाचन सम्पन्न भएसंगै समसामयिक राजनीतिक विषयमा छलफल गर्न सभापति शेरबहादुर देउवाले केन्द्रीय समिमिको बैठक बोलाउनुभएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव प्रेम केसीले जानकारी दिनुभयो ।

बैठक भोलि बिहान ९ बजे राजधानीको बालुवाटारस्थित प्रधानमन्त्री निवासमा बस्ने छ । बैठकमा सरकार हस्तान्तरण, प्रदेश संसदीय दलको नेता चयन गर्ने विषयमा समेत छलफल हुने केसीले बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here