काँग्रेसले करिब ४ सय नेता कार्यकर्तालाई कारबाही गर्दै

काठमाडौं,१५ बैशाख ।  नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले ४ जना बढी नेता कार्यकर्तालाई कारबाही गर्दै छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा समितिमा परेका उजुरीका बारेमा चालिने कदमको विषयमा छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
विभिन्न जिल्लाहरुबाट सिफारिसमा परेका उजुरीका बारेमा छलफल गर्न बैठक बस्न लागेको समितिका संयोजक भीष्मराज आङदम्बेले बताउनुभयो । गत चैत २४ बसेको केन्द्रीय अनुशासन समितिले पार्टी हितविपरीतका गतिवधिमा संलग्न नेता–कार्यकर्ताको नाम सात दिनभित्र उपलब्ध गराउन सबै जिल्ला कार्यसमितिहरुलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।
अनुशासन समितिमा गत स्थानीय तह, प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उम्मेदवार भएका र निजका प्रस्तावक र समर्थकका साथै कांग्रेस परित्याग गरी अन्य राजनीतिक दलमा गएका झण्डै चार सय व्यक्तिको नाममा उजुरी परेको छ ।  उहाँले उजुरी परेका मध्ये विधानले चिन्नेलाई विधानतह र विधानले नचिन्ने उजुरीलाई प्रमाणका आधामा कारबाही अगाडि बढ्ने बताउनुभयो ।
समितिमा किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, धनराज गुरुङ र उमाकान्त चौधरी सदस्य रहेका छन् । यसअघि नेता रमेश रिजालको संयोजकत्वमा समिति गठन गरिएको थियो । उक्त समितिले एक सय ५४ जनालाई स्पष्टीकरण सोधेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here