काँग्रेसमा गुढगत राजनीतिले तनाव

काठमाडौं,१ साउन । आन्तरिक विवादमा रुमल्लीएको कांग्रेसमा संशोधित नियमावली मस्यौदालाई लिएर पुनःविवाद भएको छ । काँग्रेस सभापति शेरबहादुर देउवा इतर पक्षको दिनहुँ जसो हुने आन्तरिक छलफलमा संशोधित नियामवलीमा असन्तुष्टि बढेको एक नेताले जनाएका छन् । केन्द्रीय कार्यसमिति बैठकमा पेस भएको नियमावली मस्यौदा समितिमै फर्काइएको छ ।

अघिल्लो आइतबारको बैठकमा नेता कृष्णप्रसाद सिटौलाले ‘नोट अफ डिसेन्ट’ लेख्ने चेतावनी दिएपछि सभापति पक्षले सर्वसम्मत तरिकाले पुनः मस्यौदा बनाउन समितिलाई निर्देशन दिनुभएको थियो । नेताहरुले मस्यौदामा रहेका कतिपय विषय समितिमा छलफलनै नभएको बताएका छन् ।

सक्रिय सदस्यलाई लेबी तिराउने, अनुशासनको प्रावधान, नीति तथा अनुसन्धान प्रतिष्ठानबारे नयाँ व्यवस्थासहित भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको केही मुद्दा नियमावलीमा राखिएको छ । यही विषयलाई लिएर असन्तुष्टि बढेको छ ।

सभापतिले विवादित विषय तत्काल परिमार्जन गरी सर्वसम्मत तरिकाले नियमावली बनाउन निर्देशन दिए पनि समिति भने छलफलमा जुटेको छैन । इतर पक्षले आगामी केन्द्रीय समिती बैठकअघि आफ्नो धारणा बनाउने गृहकार्यमा जुटेको छ । असार २२ मा सुरु बैठक बाढीपहिरोका कारण साउन ७ गते बस्ने गरी स्थगन भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here