काठमाडौं,२३ असार । कस्तुरीको बिना कारोबारमा संलग्नको आरोपमा काठमाडौँबाट एक प्रहरीसहित ६ जना पक्राउ परेका छन् । महानगरीय प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता श्यामलाल ज्ञवालीले प्रहरी हबल्दार बमबहादुर चन्दसहित ६ जनालाई कस्तुरीको बिनासहित पक्राउ गरेको जनाएको छ ।
प्रहरी हवल्दार चन्द पूर्वमन्त्री एवं नेकपा नेता दीनानाथ शर्माका अंगरक्षक हुन् । पक्राउ परेका अन्य व्यक्तिको पहिचान भने खुलाइएको छैन । महानगरीय प्रहरी कर्यालय काठमाडौंका अनुसार आज दिउँसो पत्रकार सम्मेलन गरेर उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरिएको छ ।

