कर्मचारीलाई भताधिकार प्रयोग गर्ने व्यवस्था मिलाउछौंः प्रमुख निर्वाचन आयुक्त यादव

धुलिखेल,२१ कार्तिक । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनमा कर्मचारीलाई सकेसम्म मताधिकार दिनेबारे अध्ययन शुरु भएको बताएका छन् । उनले १/२ दिनमा नै त्यसबारे टुंगो लाग्ने जानकारी दिए ।

धुलिखेलमा १७ जिल्लाका मतदान तथा मतगणना अधिकृत प्रशिक्षक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दर्ै उनले आयोगले त्यसबारे अध्ययन थालेको बताए । ‘ट्रेड युनियनकर्मीले ध्यानाकर्षण गराएका छन्, सम्मानित अदालतले त्यसबारेमा सोच्न आदेश दिएको छ,’ उनले भने, ‘समय थोरै छ, हामी अदालतको पनि सम्मान हुने गरी सकेसम्म प्रयास गर्छौँ ।’

उनले राजनीतिमा प्रत्यक्ष देखिएका कर्मचारीलाई निर्वाचनमा नखटाउन प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिँदै कर्मचारीको खटनपटन बस्तुगत र निष्पक्ष हुनुपर्ने बताए । जनताको मत सुरक्षित राख्नु सबैको दायित्व भएको भन्दै उनले तारबार नै लगाउनुपर्ने स्थिती आउन नहुने धारणा राखे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here