काठमाडौं,११ जेठ । केन्द्रदेखि जिल्लासम्म कार्यालय कटौती भएपछि करारमा कार्यरत करिब १२ हजार कर्मचारीको व्यवस्थापन गर्न सरकारलाई मुस्किल देखिएको छ ।
केन्द्रमा मन्त्रालय र विभाग तथा जिल्लामा कार्यालय संख्या घटेपछि तिनमा बर्षौदेखि कार्यरत करारका कर्मचारीको व्यवस्थापनमा समस्या भएको सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता सहसचिव सुरेश अधिकारीले बताए । जिल्लामा दुई दर्जन रहेका कार्याल्य ९ वटामा सीमित भएका छन् । केन्द्रका ३० मन्त्रालय २१ र ५४ वटा विभाग ३९ मा झारिएको छ । आजको कान्तिपुरमा यो समाचार छापिएको छ ।

