कम्युनिष्टहरुलाई हेप्ने, बद्नाम, अपमानित गर्ने धेरै टिक्दैनः अध्यक्ष दाहाल

काठमाडौं,३ जेठ ।  नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कम्युनिष्टहरुलाई हेप्ने, बद्नाम, अपमानित र विभाजित गर्ने षड्यन्त्र धेरैदिन नटिक्ने बताउनुभयो । आज मदन–आश्रित स्मृतिसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले मार्क्सवादलाई विज्ञानको रूपमा परिमार्जन गरिने बताउनुभएको छ ।

उहाँले मार्क्सवादलाई विज्ञानको रुपमा बुझ्ने आँट गर्नै दावी गर्नुभयो । उहाँल ेकपाले त्यो आट गरेमात्रै मदन भण्डारीको सम्मान हुने विश्वास दिलाउनुभयो । उहाँलाई कम्युनिष्टहरुलाई हेप्ने, बद्नाम, अपमानित र विभाजित गर्ने षड्यन्त्र हुँदै आएको भन्दै प्रचण्डले लोकतान्त्रिक छैनन् भनेर लान्छित गर्ने हजारौँ कसरत भएपनि प्रतिक्रियावादी कसरतलाई इमान्दारी ढंगले प्रतिकार गर्दै आएको बताउनुभयो ।

शान्ति प्रकृया हुन नदिने, संविधान जारी हुन नदिने, पार्टी एकताको जोखिम उठाउन नदिने भएका प्रयासलाई असफल पार्ने साहस प्रदर्शन गरेकाले नै अहिले नेकपा यो अवस्थामा पुगेको उल्लेख गर्नुभयो ।

अध्यक्ष दाहालले अब ऐतिहासिक जिम्मेवारी पुरा गर्न चाहेका छौ । सामुहिक ढंगले नयाँ आन्दोलन, पार्टी र संस्कृतिको विकास गर्नसक्नुपर्छ त्यहि मदन भण्डारी र जीवराज अश्रितप्रतिको सच्चा श्रद्धान्जली हुनसक्ने उहाँको भनाई थियो । प्रचण्डको भनाई छ ।

अध्यक्ष दाहालले अवको केहि दिनको अन्तरालमा एकीकरणकका वाँकी सबै काम टुङिगने भन्दै त्यसपछि जनतासँग जोडिने अभियानको थालनी हुने बताउनुभयो । १ वर्षमा जिल्ला सम्मेलन र महाधिवेशन गर्ने गरि अगाडि बढनु पर्ने भन्दै अब मदन भण्डारीले विकसित गरेका विचारलाई विकसित गरेर अगाडि बढ्ने कि पुराना कुरा दोहोराएर बस्ने भनेर प्रश्न रहेको बताउनुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here