हेटौडा,२० चैत । हेटौंडा–६ को प्रज्वल शिक्षा सदनमा अध्ययनरत एक विद्यार्थीको कविता अमेरिकाको एक अनलाइन पत्रिकाले प्रकाशित गरेको छ ।
सदनमा अध्ययनरत कक्षा ७ का विद्यार्थी रिवाज श्रेष्ठको “न्यू मर्निङ” शीर्षकको कविता अनलाइनमा प्रकाशित भएको हो ।
स्कुलका विभिन्न कृयाकलापमा रुची राख्ने श्रेष्ठले उक्त कविता आफैले अनलाइनमा लेखेर पठाएका थिए । सो विद्यालयमा अध्ययनरत अन्य विद्यार्थीले पनि आआफ्ना सामाग्री पठाएको भएपनि श्रेष्ठको कविता प्रकाशित भएको विद्यालयका प्रधानध्यापक गणेश श्रेष्ठले जानकारी दिनुभयो ।
विद्यालयले विद्यार्थीहरुको विकासकालागि अतिरिक्त कृयाकलापमा विशेष जोड दिदै आएको छ । अमेरिकाबाट प्रकाशित हुने उक्त अनलाइन पत्रिका https://kidspiritonline.com/ श्रेष्ठको कवितालाई महत्वका साथ प्रकाशन गरेको छ । उक्त अनलाइनले साहित्य, मानवरुचीका विषयलाई समेट्दै आएको छ ।

