कंगोमा विद्रोहीद्वारा ४० जना सुरक्षाकर्मीको घाटी रेटेर हत्या

एजेन्सी– अफ्रिकी मुलुक कंगोमा विद्रोही समूहले ४० जना सुरक्षाकर्मीको हत्या गरेको त्यहाका अधिकारीहरुले जनाएका छन् । अधिकारीहरुका अनुसार कंगोको कसाईमा प्रहरीलाई धरापमा पारी शीर छेदन गरी हत्या गरिएको अन्तराष्ट्रिय सञ्चार माध्ययमले जनाएका छन् ।
प्रहरीको बन्दोबस्तीको सामान बोकेको गाडीलाई विद्रोही समूह कामविना नासापुले धरापमा पारेको थियो ।
उक्त गाडीमा ४६ जना प्रहरी रहेकामा ६ जनालाई भने मुक्त गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले छन् ।
गत अगष्टमा विद्रोही समूह कामबिना नासापुका नेता मारिएपछी आक्रोशित बनेको सो समूहले सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण जारी राखेका छन् ।
संयुक्त राष्ट्रसंघले जनाए अनुसार उनी मारिएपछी कंगोको कसाईमा मात्रै ४ सय मानिस मारिएको र द्वन्द्वकै कारण २ लाख बिस्थापित भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here