औषधि अभावबारे ७ दिनभित्र जानकारी गराउन औषधि व्यवस्था विभागको निर्देशन

काठमाडौं,३ साउन ।  औषधि व्यवस्था विभागले अभाव औषधिबारे ७ दिनभित्र जानकारी गराउन देशभरका चिकित्सकहरूलाई आग्रह गरेको छ । मानिस तथा पशुपंक्षीको उपचारमा आवश्यक औषधि पछिल्लो समय बजारमा अभाव भएको छ ।

जसका कारण चिकित्सकहरूले उपचारमा कठिनाइ झेल्दै आइरहेका छन् । यसअघि औषधि अभावबारे जानकारी गराउँदा पनि गम्भीरतापूर्वक नलिइएको आरोप विभागमाथि लागेको थियो ।

यस्तै, औषधिको नियामककारी निकाय विभागले औषधि अभावबारे आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । विभागले आज एक सूचना जारी गर्दै अभाव औषधिबारे जानकारी दिन देशभरका सबै चिकित्सकहरूमा आग्रह गरेको छ । विभागले यसका लागि ७ दिने म्याद दिएको छ ।

विभागका अनुसार, अभाव औषधिबारे खुलाएर चिकित्सकहरूले विभागको इमेल वा केन्द्रीय कार्यालयमा सोझै सम्पर्क राखेर त्यसबारे जानकारी दिन सक्नेछन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here