ओम प्लाइउड एण्ड फर्निचर उद्योगमा आगलागी, ६ करोड बराबरको क्षति

ाबाँके,२९ चैत । बाँकेको ओम प्लाइउड एण्ड फर्निचर उद्योगमा शुक्रबार बिहान आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलका अनुसार नेपालगञ्ज–१३ गंगापुरस्थित उद्योगमा बिहान ४ बजेतिर विद्युत सट भइ आगलागी भएको हो ।

आगलागीबाट करिव ६ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको प्रहरी प्रमुख पौडेलले बताउनुभयो । ‘मुख्य त मेसिनमा नै क्षति भएको देखिन्छ । प्राविधिक मूल्यांकन भएपछि मात्र क्षतिको यकीन विवरण आउन सक्छ पौडेलले भन्नुभयो ।

आगलागीबाट २ वटा मेसिन र कच्चा पदार्थमा क्षति पुगेको छ । प्रहरी, सशस्त्र प्रहरी स्थानीय तथा नेपालगन्ज उप–महानगरपालिका र कोहलपुर नगरपालिकाबाट आएको दमकलले आगो नियन्त्रणमा लिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here